३ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केन्द्र जुफाल सारिएको विरोधमा तालाबन्दी

लेखक स्थानीय खबर १७ फाल्गुन २०७४, बिहिबार २ मिनेट पढाइ

१७ फागुन, दुनै– डोल्पा ।
डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिकाको केन्द्र सारिएको भन्दै नगरपालिकाको कार्यालयमा आज विहान ७ बजे तालाबन्दी गरिएको छ ।

पहिलेदेखि नै नगरपालिकाको केन्द्र दुनैमा कायम गरिए पनि नगर प्रमुख र जनप्रतिनिधिले झुक्याएर रातारात केन्द्र जुफालमा सारेको विरोधमा दुनैका चारवटा वडाका जनताले जिल्ला प्रशासनमा निवेदन पेश गरेको जिल्ला समन्वय सिमितिका उपसंयोजक नरबहादुर बुढाले जानकारी दिए ।

जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई दिएको निवेदनमा भनिएको छ, ‘नगरसभामा नभएको निर्णयमा कीर्ते गरेर नगरपालिकाको केन्द्र सारिएकाले तत्काल जनताको माग सम्बोधन गरिनुपर्ने उल्लेख गरिएको छ ।’

जनप्रतिनिधिसहित करिब ६० जनाको हस्ताक्षरमा जिल्ला प्रशासन र प्रहरी कार्यालयमा निवेदन पेश गरिएको २ नं का वडाध्यक्ष देवी रोकायाले बताए ।

नगरपालिकाको पहिलो नगरसभाले निर्णय गरेअनुसार नगरपालिकाको केन्द्र सरेको नगरप्रमुख गणेशबहादुर शाहीले जानकारी दिए । उनका अनुसार जनतालाई जुफालबाट नै सेवा प्रवाह सहज हुने भएकाले पनि नगरसभाले निर्णय पारित गरेको हो ।

नगरप्रमुखले जनप्रतिनिधिलाई झुक्याएर केन्द्र सारेकाले आज दुनै बजार बन्द गरिने र दुनैबाट आन्तरिक रुपमा चल्ने गाडी पनि बन्द गरिने जिल्ला समन्वय समितिका संयोजक शेरबहादुर बुढाले जानकारी दिए ।

उनका अनुसार फागुन १८ गते नगरपालिकाका सबै जनताको भेला गराई आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् । जनतालाई झुक्याएर रातारात नगरपालिकाको केन्द्र सारेकाले कुनै पनि हालतमा यो निर्णय मान्य नहुने जनताको भनाइ रहेको छ ।

बुधबार राजपत्रमा ३९ वटा स्थानीय तहको केन्द्र परिवर्तन भएर राजपत्रमा आएको थाहा पाएपछि ठूलीभेरी नगरपालिका–१ देखि ४ वडा सम्मका जनता आक्रोशित भएका हुन् ।
रासस

प्रकाशित मिति : १७ फाल्गुन २०७४, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।