८ मंसिर २०८३, मंगलबार | Tue Nov 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालगञ्ज उपमहानगरको नगर विकास योजना सार्वजनिक

लेखक स्थानीय खबर १८ माघ २०७४, बिहिबार १ मिनेट पढाइ

१८ माघ, नेपालगञ्ज ।
नेपालगञ्ज उपमहानगरपालिकाले हाल सञ्चालन गरिरहेको ४२ बुँदे विकास योजनाको खाका सार्वजनिक गरेको छ ।

सो नगरपालिकाले प्रस्तुत गरेको योजनामा सडक विस्तार, करिब ८० किलोमिटर सडकको कालोपत्र, ढलनिकास, फोहरमैला व्यवस्थापन, ल्याण्डफिल्ड साइड र आधुनिक बसपार्कको निर्माण, फुटपाथ व्यवस्थापन, तालतलैया मर्मत सम्भार, सामाजिक विकास कार्यक्रम लगायत रहेका छन् ।

नगरका कूल २३ वडाका लागि करिब १८ करोडको बजेट विनियोजन भित्र समेटिएको नगर प्रमुख धवलशम्शेर राणाले जानकारी गराए ।

त्यसैगरी, नगरको साँघुरो कान्जीहाउसको सट्टा ठूलो कान्जी हाउस र गौशाला निर्माण, छाडा चौपाया नियन्त्रण ट्राफिक व्यवस्थापन लगायतका कार्यक्रम पनि योजनामा राखिएको छ ।

यसैबीच, नगरपालिकामा बुधबारदेखि टोल फ्रि कक्ष स्थापना गरिएको छ । नागरिकका गुनासा र सेवा, सुविधाका विषयमा जानकारी लिने उद्देश्यले स्थापना गरिएको पैसा नलाग्ने टोल फ्रि नम्बर १६६०–८१–५२०५२ नम्बरमा फोन गरेर गुनासो र नगरपालिकाद्वारा सञ्चालित सेवाका बारेमा जानकारी लिन सकिने छ ।
रासस

प्रकाशित मिति : १८ माघ २०७४, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।