२१ कार्तिक २०८३, शनिबार | Sat Nov 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाम गठबन्धनका नेताहरू भन्छन्ः ओलीको नेतृत्वमा वाम सरकार

लेखक स्थानीय खबर ८ पुस २०७४, शनिबार २ मिनेट पढाइ

८ पुस, काठमाडौं । वाम गठबन्धनका नेताहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीकाे नेतृत्वमा वाम सरकार गठन हुने बताएका छन् । साथै, मुलुकको समृद्धिका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच जतिसक्दो चाँडो पार्टी एकता हुने प्रस्ट पारेका छन् ।

नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको प्रथम वार्षिक साधारणसभालाई सम्वोधन गर्दै वाम गठबन्धनका युवा नेताहरूले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतालाई जनताले अनुमोदन गरिसकेको सन्दर्भमा भ्रमको पछि नलाग्न आग्रह गर्नुभयो ।

माओवादी केन्द्रका नेता तथा बिना विभागीयमन्त्री जनार्दन शर्माले तत्कालका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने र सरकार निर्माणसँगै पार्टी एकता हुने बताए ।

वाम सरकार गठन भएसँगै मुलुकमा व्याप्त भ्रष्टाचार र अनियमितताको अन्त्य गर्दै मुलुकलाई सम्वृद्धि र विकासको बाटोमा अगाडि बढाउने उनको भनाइ छ ।

एमालेका सचिव योगेश भट्टराईले कम्युनिष्ट पार्टीहरू सधैँभरि प्रजातन्त्र र जनताको पक्षमा रहेको हुँदा लोकतान्त्रिक मूल्य मान्यताको आधारमा छिट्टै सरकार गठन गरेर अगाडि बढ्ने बताए ।

भट्टराईले वाम सरकार गठन भएपछि मुलुकमै रोजगारीको सिर्जना गरी विदेशीयका युवालाई स्वादेशमै फर्काउने, व्यवसायमा लगानी गर्नुका साथै मुलुकका विद्यमान समस्या समाधान गर्ने बताए ।

मञ्चका अध्यक्ष गणेशप्रसाद लकान्द्रीले कला, शीप र दक्षताका धनी सुनचाँदीे व्यवसायी तथा कामदारको राज्यले सम्मान गर्नुपर्नेमा जोड दिए । सुनचाँदी व्यवसायी तथा कामदारको पेशागत संरक्षणका लागि २०७३ असोज १२ गते स्थापना गरिएको हो । रासस

प्रकाशित मिति : ८ पुस २०७४, शनिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।