१० श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘समृद्धिको अभियान पूरा गर्न कांग्रेसलाई मत’



१८ मंसिर, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान बनाउन नेतृत्व गरेको दललाई नै कार्यान्वयनको पनि जिम्मेवारी दिन मतदातासँग अनुरोध गरेका छन् ।

कांग्रेस काठमाडौँ क्षेत्र नं ३ ले जोरपाटीमा आयोजना गरेको अन्तिम चुनावीसभालाई सम्बोधन गर्दै नेता सिंहले तीन कालखण्डका तीन परिवर्तनको नेतृत्व गरेको कांग्रेस अब समृद्धिको अभियान पूरा गर्न चाहन्छ, यसका लागि अबको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसलाई बहुमत दिन अग्रह गरे ।

लोकतान्त्रिक गठबन्धनका तर्फबाट काठमाडौँ ३ नं क्षेत्रमा प्रतिनिधिसभा सदस्य उम्मेदवार अम्बिका बस्नेतले देशबाट गरिबी निवारणका लागि कांग्रेसलाई नै बहुमत दिनुपर्ने बताइन् । “गरिबको पार्टी हौँ भन्ने साम्यवादी दल गरिब घटे संगठनका आधार सकिन्छ भनेर विपन्नको आर्थिक अवस्था सुधार गर्न चाहन्नन्, कांग्रेस सबैलाई न्यूनतम आवश्यकता परिपूर्ति गर्न सक्षम बनाउन चाहन्छ” सहकारी तथा गरिबी निवारणमन्त्री बस्नेतले भने ।

कार्यक्रममा कांग्रेस क्षेत्रीय सभापति एवं गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले जनताको चाहना पूरा गर्न नगरपालिकाका प्रत्येक वडामा धार्मिक पर्यटन प्रवर्द्धन गर्न लागिएको बताए । क्षेत्र नं ३ प्रदेश क का उम्मेदवार छिरिङदोर्जे लामा, प्रदेश ख का विमल ठकुरी, प्रदेशसभामा समानुपातिक उम्मेदवारद्वय रामलाल श्रेष्ठ, गोविन्द पुडासैनी लगायतले लोकतान्त्रिक शासन व्यवस्थाको रक्षाका लागि कांग्रेसलाई जिताउन आह्वान गरे ।
रासस

प्रकाशित मिति : १८ मंसिर २०७४, सोमबार ००:००