- स्थानीय खबर संवाददाता
काठमाडौं, ५ असोज
स्थानीय तह र स्थानीय निकायबीच बारम्बार अल्मिलिरहेका हुन्छौं । कहिले तह कहिले निकाय भनिरहेका हुन्छौं । तह र निकायबीच केही फरक रहेको बताउँछन् जिविस महासंघका पूर्वअध्यक्ष कृष्णप्रसाद सापकोटा ।
अहिले भएका ३१५७ गाविस, २१७ नगरपालिका र ७५ जिविस स्थानीय निकायहरू हुन् । स्थानीय निकाय पुर्नसंरचना आयोगको सिफारिसका आधारमा बन्ने चाँही स्थानीय तह हुनेछन् । आयोगले सरकारलाई ५६५ वटा स्थानीय तहको सिफारिस गर्ने घोषणा गरिसकेको छ । संविधनअनुसार आयोगले सिफारिस गरेपछि स्थानीय तहहरू गठन हुने छन् ।
“अब बन्ने स्थानीय तह प्रान्त वा केन्द्रको शाखा होइन, प्रान्त र केन्द्रजत्तिकै स्वायत्त र जिम्मेवार हुने छन्, त्यसैले तह भनिएको हो” सापकोटा भन्छन्, “अहिलेको स्थानीय निकायलाई स्वायत्त भनिए पनि अधिकार एकदमै सिमित छ । अहिले केन्द्रकै खटनपटमा स्थानीय निकाय चल्दै आएका छन् ।”
स्थानीय तह गठन भएपछि अहिलेका स्थानीय निकाय स्वतः भंग हुनेछन् । अघिल्लो संविधान सभामा सभासद्समेत रहेका सपकोटा भन्छन्, “सिंहदरबार र बानेश्वरको संसद भवनले गर्ने काम अब स्थानीय तहले पनि गर्न सक्छन् ।
संविधानको धारा २५१ मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त व्यवस्थापन सम्बन्धि व्यवस्थामा सरकार उल्लेख छ । यसकारण संविधानले स्थानीय तहलाई सरकारको रुपमा समेत व्याख्या गरेको प्रष्ट हुन्छ ।
प्रतिक्रिया