२७ कात्तिक, पाल्पा । नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकता संयोजन समिति, पाल्पाले सामाजिक न्यायसहितको आर्थिक समृद्धिका योजना समेटिएको घोषणापत्र सार्वजनिक गरेको छ । वाम गठबन्धनको घोषणापत्र मस्यौदा समितिका संयोजक झपेन्द्र जिसीले सामाजिक न्याय र समानतामा आधारित समाजवाद स्थापना गर्ने वाम गठबन्धनको मुख्य लक्ष्य रहेको बताए । उनले लोकतान्त्रिक गणतन्त्रका निम्ति लामो संघर्ष…