मलेखु (धादिङ), धुनीबेँसी नगरपालिकाका नवनिर्वाचित प्रमुख बालकृष्ण आचार्यले शपथ ग्रहणपछि कामको प्राथमिता निर्धारण गरेका छन् । निर्वाचित भएपछि जनताको काम गर्ने कामदारका रुपमा आफू रहेकाले वृद्धभत्तालगायतका सामाजिक सुरक्षाभत्ता व्यक्तिका हातहातमा पुर्याउने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । सामाजिक सुरक्षाभत्ता नपाएको जनगुनासो अन्त्य गरिने बताउँदै नगरप्रमुख आचार्यले धुनीबेँसी नगरपालिका क्षेत्रमा पानीको चरम अभाव रहेको र भूकम्पपछि…