ललितपुर, ललितपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेसका उम्मेदबारले विजय हासिल गरेका छन् । नेपाली कांग्रेसका नगरप्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जन २४ हजार ६४२ मतका साथ प्रमुख पदमा विजयी भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण दवाडीले जानकारी दिए । महर्जनले उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारलाई ३२६ मत अन्तरले पछाडि पारेका छन् ।…