५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तराईमा २४ स्थानीय तह थप्न प्रस्ताव, २३ गाउँपालिकालाई नगरपालिका बनाउने



सरकारले तराईमा २४ वटा स्थानीय तह थप्ने र २३ गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव गरेको छ ।

सोमबार बस्ने मन्त्रीपरिषद् बैठकमा यो प्रस्ताव पेस गरिएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव दिनेश थपलियाका अनुसार बीरगञ्ज र बिराटनगरलाई महानगरपालिका बनाउने तयारी गरेको छ । उपप्रधान, संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छदारको संयोजकत्वको कार्यदलले दिएको प्रतिवेदनलाई मन्त्रीपरिषद्ले अनुमोदन गर्ने तयारी गरिरहेको छ ।

आइतबार तराईबाट प्रतिनिधित्व गर्ने दलका सासंदहरूसँग मन्त्री गच्छदारले अबेर रातिसम्म छलफल गरेका थिए । खासगरि मधेसकेन्द्रित दलहरूले मधेसमा स्थानीय तहको संख्या बढाउन माग गरिरहेका छन् । माग पुरा नभए आगामी जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भाग नलिने भन्दै आएका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७४, सोमबार ००:००