८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महोत्तरीमा चुनावी सरगर्मी बढ्याे



९ जेठ, बर्दिवास । महोत्तरी जिल्लामा चुनावी सरगर्मी बढेको छ । जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको तयारीमा नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र, नयाँ शक्ति र राप्रपासहितको दलले सक्रियता बढाएको छ ।

सरकारले तत्काल सम्बोधन गर्नसक्ने मागबारे लचकता देखाएकाले अब राष्ट्रिय जनता पार्टी पनि चुनावमा भाग लिने हुने निश्चित भएको जिल्लाको बर्दिवास– १ का बासिन्दा नेपाली कांग्रेसका महासमिति सदस्य चिरञ्जीवी हमाल दाबी गरे ।

पहिलो चरणको चुनावमा देखिएको जनसहभागिता र उत्साहले मधेसमा पनि चुनावी वातावरण बनाउन मद्दत गरेको राजनीतिक विश्लेषक बताउछन् । यसअघि ३ नगरपालिका र १२ गाउँपालिका रहेको जिल्लामा सरकारले ३ गाउँपालिकालाई नगरपालिका घोषणा गरेको छ ।

यहाँका कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपासहितका पार्टीका कार्यकर्ता उम्मेदवार चयन र चुनावी तालमेलमा लागको देखिन्छ । राजपा नेपालका नेता राम भण्डारीले पनि आफ्नो दल निर्वाचनमा जाने सम्भावना बढ्दै गएको बताए ।

यसैबीच नयाँ शक्ति पार्टी बर्दिवास नगरमा उम्मेदवार घोषणा गर्ने पहिलो पार्टी बनेको छ । कांग्रेस, एमाले, माओवादीलगायतका अन्य दल उम्मेदवारी छनोटको प्रक्रियामै रहेका बेला नयाँ शक्तिले भने आफ्ना उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।

नयाँ शक्तिले तेजप्रसाद अधिकारीलाई नगर प्रमुखमा र पेशलकुमारी पौडेललाई उपप्रमुखको उम्मेद्वार बनाउने घोषणा गरेको छ । नगरका कायम १३ वडामध्ये ६ वटा वडामा उम्मेदवारी दिने र अन्य वडामा बिचार मिल्ने अन्य दलहरूसँग तालमेलका लागि खुला राख्ने नयाँ शक्तिका जिल्ला संयोजक कौशलेन्द्र शर्माले जानकारी दिए । रासस

प्रकाशित मिति : ९ जेष्ठ २०७४, मंगलबार ००:००