सञ्चिता घिमिरे काठमाडौं । वर्षाका कारण बाढी र पहिरो जाँदा देशभरका धेरै ठाउँमा सडक अवरुद्ध भएका छन् । डिभिजन सडक कार्यालयले सडकमा रहेको अवरोध हटाइरहँदा कतिपय सडक दुई सातादेखि अवरुद्ध छन् । निर्माणाधीन कान्ति लोकपथअन्तर्गत धेरै स्थानमा पहिरो जाँदा अवरुद्ध भएको छ । सो सडक अहिले बगुवाबाट प्युटारसम्म अवरुद्ध रहेको महानगरीय प्रहरीवृत्त चापागाउँले जनाएको छ…