१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिराका कारण धरान चतरा सडकखण्ड अवरुद्ध



हेटौँडा । मङ्गलबार बेलुकादेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा हटिया हुँदै फापरबारी, राइगाउँ पुग्ने धरान चतरा सडकखण्ड अवरुद्ध बनेको छ ।

सडक अवरुद्ध हुँदा मकवानपुरको पूवी क्षेत्रमा चल्ने यातायात बन्द भएका छन् । सडकखण्डअन्तर्गत बकैया–५ श्रीपुरमा पहिरो जाँदा छितवन, फापरबारी, राइगाउँ जाने सडकखण्ड पूर्णरुपमा बन्द भएको हो ।

दुईदेखि तीन सय मिटरसम्म पहिरो गएकाले बाटो अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अनिष बुढाथोकीले जानकारी दिएका छन् । सडक अवरुद्ध भएसँगै छतिवन, फापरबारी, राइगाउँ जाने सवारीबीच बाटोमै रोकिएका छन् । पानी परिरहेकाले पहिरो खसिरहेको र पानी रोकिएपछि पहिरो हटाउने प्रहरी जनाएको छ ।

हेटौँडा ५ डुबानमा

मङ्गलबार बेलुकाबाट परेको अविरल वर्षाका कारण हेटौँडा उपमहानगरपालिका–५ को बानियाँटोल र शान्तिनगरका नौ घर डुबानमा परेका छन् । गोरदोई खोलामा आएको बाढी गाउँ प्रवेश गरेपछि हेटौँडा–५ का उक्त स्थानका करीब नौ घर डुबानमा परेका मकवानपुर प्रहरीले जनाएको छ ।

डुबानमा परेपछि वडा प्रहरी कार्यालय हेटौँडाबाट प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको नेतृत्वमा उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ । केही दिनअघि अविरल वर्षाका कारण उक्त स्थानका थुप्रै घर डुबानमा परेका थिए ।

बाढीले ट्रक बगायो

मकवानपुरमा गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडाको कर्रा खोलामा आएको बाढीले ट्रक बगाएको छ । आज बिहान ६ बजेको समयमा हेटौँडा–१७, हटियामा रहेको शिवम् सिमेन्टको सामान अनलोड गरेर फर्कदै गरेको युपी ५६ टि ४०३९ नम्बरको भारतीय ट्रक खोलामा आएको बाढीले बगाएर पुरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

उनका अनुसार, ट्रक पुरिए पनि मानवीय क्षति भने भएको छैन । पानी परिरहेकाले ट्रकलाई उद्धार गर्न कठिनाइ भएको जनाइएको छ । रासस

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार ००:००