१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रत्ननगर नगरपालिकाः कान्जिहाउस निर्माण अन्तिम चरणमा




चितवन । रत्ननगर नगरपालिकाले छाडा चौपाया राख्नका लागि कान्जिहाउस निर्माण अन्तिम चरणमा पु¥याएको छ । रत्ननगर नगरपालिका–१६ भूतियाखोलाको छेउमा कान्जिहाउस निर्माण गरिएको हो ।

नगरपालिका प्रमुख नारायण वनका अनुसार साउन मसान्तसम्ममा पहिलो चरणको काम सकेर छाडा चौपाया राख्न शुरु गरिनेछ । झण्डै एक बिघा जमीनलाई तारबार गरी त्यसभित्र टहरा, टौवा, पानीको व्यवस्था, हेरालु बस्ने ठाउँ निर्माण गरिँदैछ । मुख्यरूपमा दूध दिन छाडेका गाई, उन्नतजातको गाईको बाच्छा बजारमा छाडिदिँदा स्थानीयवासीले समस्या भोग्दै आएका छन् ।

वनका अनुसार त्यस्ता पशु नगरपालिकालाई प्रतिपशु एक हजार तिरेर कान्जिहाउसमा छोड्न सकिनेछ । कान्जिहाउसमा रहेका राम्रा पशुलाई खरीद गरेर पाल्ने व्यवस्था पनि मिलाइने छ । त्यहाँ रहेका पशुको दानापानी, रेखदेखसँगै आवश्यक उपचार पनि गरिने वनले बताए । नगरपालिकाभित्र छाडा चौपायाको समस्या बढेपछि पशु अधिकारकर्मी, राजनीतिक दल, विद्वान गुरुहरुलगायतसँगको छलफलपछि कान्जिहाउस निर्माण थालिएको वनको भनाइ छ ।

रत्ननगर क्षेत्र दुग्ध उत्पादनका लागि उर्वर मानिन्छ । पछिल्लो समय उन्नतजातका गाई पाल्ने क्रम बढेको छ । ती गाईका दूध दिन छाडेपछिका माउ र बाच्छो प्रयोगमा आउँदैनन् । जसका कारण कृषकले त्यस्ता पशु छाडा छोड्दा समस्या हुँदै आएको छ । पशु थपिँदै गएपछि थप टहरा निर्माण गरिँदै लगिने नगरपालिकाले जनाएको छ । रासस

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार ००:००