२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरेन्द्रनगरलाई ‘साइकल सिटी’ बनाइने

लेखक स्थानीय खबर/संवाददाता ९ श्रावण २०७६, बिहिबार १ मिनेट पढाइ


सुर्खेत । वीरेन्द्रनगरलाई वातावरणमैत्री बनाउन तथा कार्बन उत्सर्जनमा कमी ल्याउन कर्णाली प्रदेश सरकारले साइकललाई प्रोत्साहित गरको छ । वीरेन्द्रनगरलाई ‘साइकल सिटी’ का रुपमा विकास गराउने ध्येयका साथ सरकारको नीति, बजेट तथा कार्यक्रममा साइकललाई प्रोत्साहन गर्ने उल्लेख छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १० थान साइकल खरीद गरेको हो । गत वर्ष पाँच वटा र यस वर्षको १० वटा गरी १५ थान साइकल सरकारले प्रारम्भिक चरणमा भोलिदेखि सञ्चालनमा ल्याइने जनाएको छ ।

चालू आवको बजेट तथा कार्यक्रमअनुसार ट्वीटर तीन हजार ७०० मोडेलका १० थान साइकल खरीद गरिएको कर्णाली सरकारका प्रवक्ता केशवप्रसाद उपाध्यायले जानकारी दिए । उनले भने, “आज मुख्यमन्त्री कार्यालयमा कार्यरत कर्मचारीलाई ती साइकल वितरण गर्दैछौँ ।” मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लेखा अधिकृत मानबहादुर सुनारका अनुसार प्रतिथान ४० हजारका दरले ती साइकल खरीद गरिएको छ । रासस

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।