१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोको उच्च जोखिममा वडा कार्यालय



रुकुमपूर्व । सिस्ने गाउँपालिका ७ को वडा कार्यालय पहिरोको उच्च जोखिममा परेको छ । माथिबाट आएको पहिरोले सिस्नेरीमा रहेको वडा कार्यालयको एक भाग पुरिएको त्यहाँका वडाध्यक्ष अमृत बुढाथोकीले बताए ।

करिव ४० मिटर माथिबाट झरेको पहिरोले टिनको छाना भएको दुईकोठे भवनको एकापटिको सबै भाग पुरेकाले त्यसस्थान आसपासका बासिन्दा त्रस्त भएका छन् । गए रातिको लगातार वर्षाले बिहान ४ बजे पहिरो झरेको वडा कार्यालयले जनाएको छ ।

पहिरोका कारण वडा कार्यालय भवनको ठाउँठाउँमा चर्किनाका साथै पहिरो झरेकै ठाउँबाट एउटा ठूलो रूख पनि पहिरासँगै बगेर आउन सक्ने सम्भावना भएकाले सो रूख नहटाए उक्त कार्यालयमा ठूलो क्षति पुग्नसक्ने उनले जानकारी दिए । त्यहाँको सामान तत्काल अन्त सार्नका लागि सुरक्षित ठाउँ नभएकाले स्थानीयवासीको सक्रियतामा वडा कार्यालयमा आएको पहिरो र रूखलाई हटाइने अध्यक्ष बुढाथोकीले बताए ।

जुनसुकै बेलामा पनि पहिरो झर्न सक्ने भएकाले स्थानीयवासीलाई सचेत भई बस्न स्थानीय प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक वीरबहादुर बुढाले आग्रह गरेका छन् । रासस

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार ००:००