९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नदीजन्य सामग्रीको अवैध उत्खनन नियन्त्रणमा कडाइ गरिने




बेत्रावती । नुवाकोटका नदी र खोलाबाट भइरहेको अवैध उत्खनन तथा सङ्कलनलाई कडाइका साथ नियन्त्रण गरिने भएको छ । विभिन्न स्थानमा अवैधरूपमा उत्खनन बढेको पाइएपछि बुधबार विदुरमा बसेको ‘जिल्ला अनुगमन तथा समन्वय समिति’को बैठकले त्यसको नियन्त्रणमा कडाइ गर्ने निर्णय गरेको हो ।

आमन्त्रित सदस्यका रूपमा बैठकमा सहभागी स्थानीय तहका जनप्रतिनिधिले हेभी उपकरण प्रयोग गरेर नदीजन्य सामग्री उत्खनन भइरहेको जनाएपछि सुरक्षाकर्मी परिचालन तथा कडाइका साथ कारवाही गरेर नियन्त्रण गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले जानकारी दिए । उनको अनुसार हेभी उपकरण प्रयोगमा बन्देज, मानिसमार्फत साबेल लगाएर भइरहेको उत्खनन र त्यसको ओसारपसार दिउँसोको समयमा मात्र गर्न दिने निर्णय भएको छ ।

बैठकमा बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले अवैधरूपमा नदीबाट बालुवा उत्खननमा तस्करीको संलग्नताले नदीको प्रवाह परिवर्तनदेखि आपराधिक क्रियाकलापको समेत वृद्धि भएकाले त्यसलाई रोक्न प्रशासनको ध्यानाकर्षण गराए ।

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले श्रमिक लगाएर हुने उत्खननको आडमा भइरहेको अवैध कार्य नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन गरिएकाले पूर्ण नियन्त्रणमा ल्याउन सारोकारवाला पक्ष सबैबाट सहयोगको प्रतिबद्धता आवश्यक रहेकामा जोड दिए ।

असारदेखि भदौसम्म तीन महीना हेभी उपकरण ९स्काभेक्टर० प्रयोग गरेर नदीजन्य सामग्री ९रोडा, ढुङ्गा, बालुवा लगायत० उत्खनन गर्न नपाइने कानूनी व्यवस्था छ । स्थानीय तहले पनि नदीजन्य सामग्रीको उत्खननका लागि करको ठेक्का लगाउँदा वातावरणीय प्रभाव मूल्याङ्कन ९ईआइए० मा यो तीन महीना उत्खनन नगर्ने शर्त उल्लेख गरेका छन् ।

बर्खायाम शुरु भएसँगै जिल्लाको त्रिशूली नदीसहित तादी, कोल्पु, लिखु, सलाखु, फलाखु, सामरी लगायतका खोलामा हेभी उकरण लगाएर अवैधरूपमा नदीजन्य उत्खनन कार्य बढिरहेको छ । रासस

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहिबार ००:००