६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माडी–ठोरी हुलाकी सडक अवरुद्ध




चितवन । माडी नगरपालिकामा रहेका अधिकांश खोलामा पानीको बहाव बढेपछि माडी–ठोरी हुलाकी सडक अवरुद्ध भएको छ । रातिदेखि नै परिरहेको वर्षाका कारण खोला बढेर सडक अवरुद्ध भएको हो ।

माडी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक युवराज तिमिल्सिनाका अनुसार मगई, वगई, रतने, घाँगरलगायत खोलामा पानीको बहाव बढेको छ । बिहानैदेखि खोला बढेपछि सडकखण्ड अवरुद्ध भएको हो ।

रिउखोला बढेर बस्ती पस्न सक्ने देखिएपछि त्यस क्षेत्रका जनतालाई सचेत गराइएको पनि उनले जानकारी दिए । सडक अवरुद्ध भएसँगै सदरमुकाम भरतपुरको माडी र ठोरीसँग यातायात सम्बन्धविच्छेद भएको छ । रासस

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार ००:००