११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिलाठी–कोइलाडी गाउँपालिका कार्यालय डुबानमा



राजविराज । बिहानदेखिको निरन्तर वर्षाका कारण स्थानीय खाँडो नदीमा आएको बाढीले जिल्लाको दक्षिणी भेगमा पर्ने तिलाठी–कोइलाडी गाउँपालिका कार्यालय डुबानमा परेको छ ।

अविरल वर्षाका सप्तरीको विभिन्न नदी, खोलामा पानीको बहाव बढेको छ । जिल्लाको सप्तकोशी, खाडो, महुँली, जीता, त्रियुगा, खड्क लगायतका नदी, खोलाहरुमा पानीको बहाव उच्च देखिएको छ । सो गाउँपालिकाको करीब ८५० सय घरसमेत डुबानमा परेको गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष सिंहका अनुसार डुबानबाट बच्न स्थानीय सुरक्षित स्थानको खोजीमा लागेका छौँ । गाउँपालिकाको करीब ६५ प्रतिशत भू–भाग डुबानमा परेको गाउँपालिका अध्यक्ष सिंहले जानकारी दिए । रासस

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार ००:००