सन्तोष गौतम २० फागुन, बाबियाचौर– म्याग्दी । जिल्लामा रहेका बैंकका शाखामा तरलताको अभाव देखिएको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेपको दर घटेको र कर्जा लगानीको माग बढेकाले बचतकर्ता खोज्न बैंकले घरदैलो गर्न थालेका हुन् । विप्रेषणमा आश्रित जिल्लाको अर्थतन्त्रमा विप्रेषण घट्न थालेपछि बैंकहरूमा तरलता अभाव देखिन थालेको गण्डकी विकास बैंकका बेनी शाखा प्रबन्धक कुमार ढुङ्गानाले…