२३ माघ, गौशाला । मनरा सिस्वा नगरपालिकाले ३३ करोड ८६ लाख बजेट प्रस्तुत गर्दै सोमबार प्रथम नगरसभा सम्पन्न गरेको छ ।
मनरा सिस्वा नगरपालिकाले नगरभित्रको ३ स्थानमा बर्थिङ सेन्टर, सम्पूर्ण वडालाई जोड्ने विशेष सडक सञ्जाल, विशेष शिक्षा योजना, कृषि लगायत महत्वकांक्षी योजनालाई बजेटमा समावेश गरेको छ ।
३६ जनालाई उद्यमशीलता विकास तालीम
घरेलु तथा साना उद्योग कार्यालयले दुई नगरपालिकाका ३६ जनालाई उद्यमशीलता विकास तालीम प्रदान गरेको छ । मनरा नगरपालिकाका २४ जना र गौशाला नगरपालिकाका १२ जनालाई तालीम प्रदान गरिएको कार्यालय प्रमुख अर्जुनकुमार मण्डलले बताए ।
मनरा नगरपालिकाको सरपल्लो प्रावि र गौशाला नगरपालिकाको पुरानो नगरपालिका भवनमा १० दिनसम्म सञ्चालन गरिएको थियो । कार्यालयले निःशुल्क रुपमा तालीम प्रदान गरेको हो ।
रासस

प्रतिक्रिया