कल्पना पौडेल १८ चैत, बाँके । स्थानीय पालिकाले स्वास्थ्यका लागि विनियोजन गरेको खर्च गर्न नसकेको देखिएको छ । कूल बजेटको निकै कम मात्र बजेट स्वास्थ्यका लागि खटिएको भए पनि स्थानीय पालिका र त्यहाँ खटिएका स्वास्थ्यकर्मी बीचको आपसी समन्वयका कारण चालु आवको ८ महिना सकिन लाग्दासमेत हालसम्म २० देखि ३० प्रतिशत मात्र बजेट भएको पाइएको छ…