चैत ५, काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा स्थानीय पाठ्यक्रमको पढाइ शुरु हुने भएको छ । नगरपालिकाको समग्र विषयवस्तु समेटेर स्थानीय पाठयक्रम तयार गरिने छ । हरेक सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा ८ सम्म अनिवार्य विषयका रुपमा एक सय पूर्णाङ्कको स्थानीय पाठयक्रम बनाई पढाइ शुरु गरिने नगर प्रमुख उद्धवप्रसाद खरेलले बताए । उनका अनुसार विकास, प्रबन्धन, सुशासन…