१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिकाद्वारा कृषकलाई हाते ट्र्याक्टर वितरण



चैत ६, गोरखा । शहीद लखन गाउँपालिकाले कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षको कृषक अनुदान कार्यक्रम अन्तर्गत सहुलियतमा हाते ट्र्याक्टर वितरण गरिएको गाउँपालिका कृषि शाखाका प्रमुख विजय पौडेलले जानकारी दिए ।

उनले पहिलो चरणमा छनोटमा परेका १२ कृषि समूह र सहकारीलाई ट्र्याक्टर वितरण गरेका र अब केही दिनभित्रै थप आठ ट्र्याक्टर वितरण गर्ने तयारी भएको बताए । पहिलो चरणमा छ वडाका कृषि समूह तथा कृषि सहकारीलाई ट्र्याक्टर वितरण गरिएको उनको भनाइ छ ।

“गाउँपालिकाले यो आवमा एक वडा, दुई हाते ट्र्याक्टर वितरणका लागि बजेट विनियोजन गरेको थियो” शाखा प्रमुख पौडेलले भने, “त्यही कार्यक्रम अन्तर्गत पहिलो चरणमा ट्रयाक्टर वितरण गरिएको हो ।” ट्र्याक्टर बितरणका लागि नौ लाख बजेट विनियोजन भएको उनले जानकारी दिए ।

सार्वजनिक सूचना प्रकाशन गरी गाउँपालिकाभित्र दर्ता भएका कृषि फार्म, व्यावसायिक कृषिखेती गर्दै आएका किसान र कृषि सहकारीलाई अनुदानमा ट्रयाक्टर वितरण गरेको उनले बताए । “३५ जना कृषक तथा कृषि समूहहरु तथा कृषि सहकारीको निवेदन परेको थियो” उनले भने, “निवेदन परेकामध्ये यो वर्षमा १८ जनालाई अनुदान उपलब्ध गराउने निर्णय गाउँपालिकाले गरेको हो ।”

वितरण गरिएका ट्र्याक्टर मध्ये चार डिजेलबाट सञ्चालन हुने र बाँकी आठ पेट्रोलबाट सञ्चालन हुने खालको रहेको शाखा प्रमुख पौडेलले बताए ।

छनोटमा परेका कृषकलाई सदरमुकाममा दुई दिने ट्र्याक्टर चलाउने तालीम समेत गाउँपालिकाले प्रदान गरेको उनले जानकारी दिए । कृषकलाई वितरण गरिएका ट्र्याक्टरले एक घण्टामा दुई रोपनीसम्म जमीन जोत्न सक्ने बताइएको छ । रासस

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार ००:००