१५ मंसिर २०८२, आइतबार | Sun Nov 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बूढानीलकण्ठमा स्थानीय पाठयक्रम पढाइ हुने



चैत ५, काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा स्थानीय पाठ्यक्रमको पढाइ शुरु हुने भएको छ । नगरपालिकाको समग्र विषयवस्तु समेटेर स्थानीय पाठयक्रम तयार गरिने छ ।

हरेक सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा ८ सम्म अनिवार्य विषयका रुपमा एक सय पूर्णाङ्कको स्थानीय पाठयक्रम बनाई पढाइ शुरु गरिने नगर प्रमुख उद्धवप्रसाद खरेलले बताए ।

उनका अनुसार विकास, प्रबन्धन, सुशासन र चेतना लगायत विषयवस्तु समेटिएको पाठक्रम तयार गरी आगामी असारदेखि सबै विद्यालयमा परीक्षणका रुपमा पढाइ शुरु गरिने छ ।

परीक्षणपछि मात्र हरेक विद्यालयमा अनिवार्यरुपमा पढाइ सञ्चालन गरिने प्रमुख खरेलले जानकारी दिए । सो पाठक्रमबाट भावी पुस्ताले आफ्नो क्षेत्र, स्थानीय चालचलन, रीतिरिवाज र परम्परालाई सजिलै बुझ्न सकिने बताइएको छ ।

पानी र शौचालय अति आवश्यक वस्तु भएका हुनाले यसलाई हरेक सामुदायिक तथा संस्थागत विद्यालयमा व्यवस्थित बनाउँदै जाने पनि उनले बताए । “बालबालिकाको पहिलो खुड्किलो प्रारम्भिक शिक्षा भएका हुनाले यसमा पनि विशेष जोड दिइने छ” प्रमुख खरेलले भने । रासस

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार ००:००