१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकी गाउँपालिकामा १० वटा सामुदायिक स्वास्थ्य एकाई स्थापना



चैत २, गोरखा । गण्डकी गाउँपालिकाले सबै नागरिकमा स्वास्थ्यको पहुँच पुयाउन १० सामुदायिक स्वास्थ्य एकाइको स्थापना गरेको छ ।

गाउँपालिकाभित्र सहजरुपमा स्वास्थ्य सेवा प्राप्त गर्न नसक्ने अवस्थामा रहेका नागरिकलाई लक्षित गरी एकाइको स्थापना गरिएकोे गाउँपालिकाका उपाध्यक्ष ललिता अधिकारीले जानकारी दिइन् ।

गाउँपालिकाभित्र भौगोलिक रुपमा दुर्गम, विपन्न समुदायको बसोबास रहेका क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच नपुगेकाले त्यस्ता ठाउँ र समुदायलाई लक्षित गरी एकाइ सञ्चालनमा ल्याइएको उनले बताइन् ।

उनका अनुसार कतिपय क्षेत्रमा भवनको अभाव समेत भएकाले विद्यालयसँग आग्रह गरी एउटामात्र कोठा मागेर भए पनि एकाइ सथापना गरिएको छ ।

गाउँपालिका–१ को कोलगाउँ, २ को कुवापानी र भलडाँडा, वडा नम्बर ३ को फुजेलको भालडाँडा, वडा नम्बर ४ को गैरीचौतारा, वडा नम्बर ५ को ठूलो दुर्वङ र सानो दुर्वङमा सामुदायिक स्वास्थ्य एकाई स्थापना गरिएको छ ।

त्यस्तै वडा नम्बर ६ को आइडाँडा र बालकी, वडा नम्बर ७ को प्रजावस्ती, वडा नम्बर ८ को बेनीगाउँमा पनि एकाई स्थापना गरिएको छ ।

ती स्वास्थ्य एकाइमा तत्कालका लागि स्वास्थ्य प्राविधिक अहेव, अनमी, स्टाफ नर्स वा स्वास्थ्य सहायकमध्ये एकको दरबन्दी रहने उनले जानकारी दिइन् । रासस

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार ००:००