१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई गाउँपालिका बिचको विवाद टुङ्गियो



चैत ४, लमही । दाङको दुई गाउँपालिकाको सीमामा उत्खनन विवाद छलफलबाट टुङ्ग्याइएको छ । राप्ती गाउँपालिकाले राप्ती नदीमा नदीजन्य पदार्थ उत्खनन गर्न गरेको ठेक्का आह्वान गरेको क्षेत्र गढवा गाउँपालिकाले आफ्नो क्षेत्रमा पर्ने भनेपछि विवाद सिर्जना भएको थियो ।

आइतबार आयोजित बैठकमा भएको सहमति अनुसार राप्ती गाउँपालिकाले उक्त नदीको चार स्थानमा वातावरणीय प्रभाव मूल्याङ्कन गरेकामा खुरुरिया, भानपुर र बगरापुरमा बोलपत्रमार्फत नदीजन्य वस्तु उत्खनन गर्न पाउने भएको छ । यस्तै मझेरीया घाटमा गढवा गाउँपालिकाले उत्खनन गर्न पाउने भएको छ ।

जिल्ला समन्वय समितिका सभापति जीतेन्द्रमान नेपालीको अध्यक्षता तथा प्रदेशसभा सदस्य इन्द्रजित थारू, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी लगायतको सहभागितामा भएको छलफलले उक्त सहमति गरेको हो ।

राप्ती नदीको सीमा विवादलाई दीर्घकालीन रुपमा समाधान गर्न नदीको मध्य भागलाई आधार मानेर नीतिगत रुपमा समाधान खोजिनुपर्ने प्रदेशसभा सदस्य इन्द्रजित थारूले बताए । “सातसय २१ मिटर राप्ती नदीको क्षेत्र हो भने यसको आधा–आधा मानेर प्राकृतिक स्रोतको बाँडफाँट गरिने गरी अघि बढ्दा सजिलो हुन्छ” उनले भने, “दीर्घकालीन समाधानका लागि यस प्रकारको नीति बनाउन जरुरी छ ।” रासस

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार ००:००