९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंका प्रमुख सडकमा ८ हजार बत्ती जडान गरिने



चैत ४, काठमाडौं । रातिको समयमा हुने दुर्घटना र आपराधिक क्रियाकलाप न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौंका प्रमुख सडकमा आठ हजार बत्ती जडान गर्ने भएको छ ।

आगामी वैशाख १ गतेबाट कलङ्की–एयरपोर्ट, त्रिपुरेश्वर–चक्रपथ र थापाथली–कमलपोखरी हुँदै पुतलीसडक खण्डमा सो बत्ती जडान गर्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । बत्ती जडान गर्नका लागि महानगरपालिकाले चालू आर्थिक वर्षमा पाँच करोड बजेट विनियोजन गरेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।

“सबै वडाबाट १६ हजार बत्ती जडान गर्नका लागि माग आएको छ” उनले भने, “माग अनुसार बत्ती जडान गर्ने हो भने १० देखि १५ करोड खर्च हुने अनुमान छ ।”

रातिको समयमा हुने सडक दुर्घटना, चोरी र यात्रुलाई आवतजावत गर्नका लागि सहज होस् भनेर बत्ती राख्न लागिएको प्रवक्ता डङ्गोलले जानकारी दिए । आगामी वैशाखदेखि शुरु गरी यसै आर्थिक वर्षभरीमा सक्ने लक्ष्यका साथ काम अघि बढाइने पनि कामपाले जनाएको छ ।

सिसीटिभी जडान

महानगरीय प्रहरी परिसर काठमाडौंले महानगरपालिकाको सहयोगमा सिसी क्यामेरा जडान गर्ने तयारी गरेको छ । त्यसका लागि कामपाले परिसरलाई तीन करोड रकम उपलब्ध गराएको छ ।

महानगरपालिकाभित्र शान्तिसुरक्षा, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ नियन्त्रण र प्रदूषण न्यूनीकरणमा सहयोग पु¥याउनका लागि सो सहयोग गरेको हो । रासस

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार ००:००