असोज २, भद्रपुर । बिर्तामोड नगरलाई प्राङ्गारिक नगर बनाउने अभियानअन्तर्गत नगर क्षेत्रका किसानलाई निमका बिरुवा वितरण गरिएको छ । गरामनीस्थित एक कृषि नर्सरीमा आज आयोजित कार्यक्रममा किसानलाई ४० हजार निमका बिरुवा वितरण गरिएको हो । नगर प्रमुख ध्रवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख कार्यकारी अधिकृत पशुपति खतिवडा, कृषि अधिकृत राजेन्द्र खरेलले निःशुल्क बिरुवा…