असोज २, भद्रपुर । बिर्तामोड नगरलाई प्राङ्गारिक नगर बनाउने अभियानअन्तर्गत नगर क्षेत्रका किसानलाई निमका बिरुवा वितरण गरिएको छ ।
गरामनीस्थित एक कृषि नर्सरीमा आज आयोजित कार्यक्रममा किसानलाई ४० हजार निमका बिरुवा वितरण गरिएको हो । नगर प्रमुख ध्रवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख कार्यकारी अधिकृत पशुपति खतिवडा, कृषि अधिकृत राजेन्द्र खरेलले निःशुल्क बिरुवा वितरण गरेका थिए ।
यसअघि किसानलाई १० हजार फलफूलका बिरुवा वितरण गरिसकेको नगरपालिकाले चार वर्षभित्रमा चार लाख बिरुवा बाँड्ने योजना बनाएको नगरप्रमुख शिवाकोटीले बताए ।
रासस



प्रतिक्रिया ०
यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।
अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।