असोज १०, रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाले मंगलबार देखि विभिन्न स्थानमा निःशुल्क वाईफाई सेवा शुरु गरेको छ । सर्वसाधारणलाई इन्टरनेटको पहुँचमा पु¥याउन नगरका मुख्यमुख्य बजार क्षेत्रमा निःशुल्क वाईफाई सेवा शुरु गरेको नगरप्रमुख नारायण वनले जानकारी दिए । उनले नगरपालिकालाई प्रविधिमैत्री बनाउने उद्देश्यअनुरुप मंगलबार देखि वाईफाईसेवा शुरु गरिएको बताए । पहिलो चरणमा रत्ननगरको सौराहा, कृष्णप्रणामी…