पुस १५, ललितपुर । जिल्लाका छ स्थानीय तहमध्ये ललितपुर महानगरपालिकामा निजी आवास निर्माण सबैभन्दा सुस्त रहेको छ । महानगरका जम्मा ८.६ प्रतिशत लाभग्राहीले मात्रै घर निर्माण सकाएर तेस्रो किस्ताबापतको रकम लिइसकेका छन् । महानगरमा पुनःनिर्माणका जम्मा लाभग्राही सङख्या सात हजार तीन सय ४६ लाभग्राही रहेकामा ६३३ लाभग्राहीको मात्रै निजी आवास निर्माण सकिएको जिल्ला आयोजना कार्यन्वयन…