१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुर महानगरपालिकामा निजी आवास निर्माण सुस्त



पुस १५, ललितपुर । जिल्लाका छ स्थानीय तहमध्ये ललितपुर महानगरपालिकामा निजी आवास निर्माण सबैभन्दा सुस्त रहेको छ । महानगरका जम्मा ८.६ प्रतिशत लाभग्राहीले मात्रै घर निर्माण सकाएर तेस्रो किस्ताबापतको रकम लिइसकेका छन् ।

महानगरमा पुनःनिर्माणका जम्मा लाभग्राही सङख्या सात हजार तीन सय ४६ लाभग्राही रहेकामा ६३३ लाभग्राहीको मात्रै निजी आवास निर्माण सकिएको जिल्ला आयोजना कार्यन्वयन एकाइले जनाएको छ । एकाइका परियोजना प्रमुख वीरबहादुर रावलले नगर क्षेत्रमा नक्सापास गराउन सजिलो नभएकाले पुनःनिर्माणले गति नलिएको बताए ।

सानो क्षेत्रफलमा बनेका घर, बहुस्वामित्वका घर, सडकको मापदण्ड वा सम्पदा बस्ती लगायतका कारणले निजी आवास निर्माण अघि बढ्न नसकेको हो । महानगरका वरिष्ठ इञ्जिनीयर हरिशचन्द्र लामिछानेका अनुसार पुनःनिर्माणका कतिपय लाभग्राही प्रवलीकरणमा र कतिपय लाभग्राही अहिले आएर पुनःनिर्माणमा जान चाहेका छन् ।

प्रवलीकरणबाट सजिलै पुनःनिर्माणमा जान सकिए पनि पुनःनिर्माणबाट प्रवलकिरणमा जान सजिलो छैन । पुनःनिर्माणका लागि थप रकम सरकारले दिने अनुदान भन्दा धेरै रकम जुटाउनुपर्ने र प्रवलीकरणका बारेमा स्थानीयवासी नै प्रष्ट हुनसकेका छैनन् ।

उनले भने, “धेरैले प्रवलीकरणलाई सामान्य मर्मत गरे पुग्छ भनेरै पुनःनिर्माणबाट प्रवलीकरणमा आउन चाहनुभएको छ, उहाँहरुलाई बुझाइको खाँचो छ ।” महानगरपालिकामा पहिलो किस्ता लिने छ हजार २९३ र दोस्रो किस्ता लिने लाभग्राही सङ्ख्या एक हजार ९३ रहेको छ । रासस

प्रकाशित मिति : १५ पुस २०७५, आइतबार ००:००