१२ माघ २०८२, आइतबार | Mon Jan 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घरेलु तथा साना उद्योगमा २४ लाखलाई रोजगारी



नारायण ढुङ्गाना

पुस ९, काठमाडौं । नेपालका घरेलु तथा साना उद्योगमा २४ लाख ६६ हजारले रोजगारी पाएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका अनुसार देशका २ लाखभन्दा बढी उद्योगमा उनीहरूले रोजगारी पाइरहेका छन् ।

महासंघका कार्यकारी निर्देशक चुडामणि भट्टराईले अहिलेसम्म नेपालमा ३ लाख ८६ हजार घरेलु तथा साना उद्योग दर्ता भएका छन् । दर्ता भएका मध्ये २ लाख ६४ हजार साना उद्योग नवीकरण भइरहेका छन् ।

कति उद्योग चलेका छन् भन्ने एकिन विवरण नभए पनि अनुमानित २ लाख उद्योग सञ्चालनमा रहेको महासंघका कोषाध्यक्ष सत्यनारायण प्रजापतिले बताए । नेपालमा सञ्चालित उद्योगमा कूल ३५ हजार ३ सय करोड रुपैयाँ लगानी भइसके पनि सरकारको ध्यान कम पुगेको भट्टराईको गुनासो छ ।

वि.सं २०४७ मा संघको रुपमा स्थापना भएको संस्था २०५३ सालमा महासंघ बनेको थियो । महासंघमा अहिले ३५ हजार सदस्य रहेका छन् । सदस्यमध्ये महिला मात्रै ११ हजार छन् । उत्पादनमूलक सहकारी एशोसिएट सदस्य हुने व्यवस्था र १९ वस्तुगत संघ छन् । औद्योगिक व्यवसाय ऐन २०६३ अनुसार ५ लाख पूँजी र ९ जना कामदार भएका तथा २० किलोवाट भन्दा कम विद्युत् खपत गर्ने उद्योग घरेलु तथा साना उद्योगमा पर्छन् ।

घरेलु उद्योगमध्ये सेवामूलक उद्योगमा ४५ प्रतिशत रहेका कार्यकारी निर्देशक भट्टराईले बताए । ऊर्जा र सञ्चार क्षेत्रमा भने न्यून लगानी छ । सबैभन्दा बढी प्रदेश नं ३ मा ३७ प्रतिशत उद्योग सञ्चालनमा छन् । प्रदेश नं ५ मा १७, प्रदेश १ मा १४, प्रदेश ४ मा ९ सुदूरपश्चिममा ६ र गण्डकी प्रदेशमा ९ प्रतिशत उद्योग सञ्चलालनमा छन् । रासस

प्रकाशित मिति : १४ पुस २०७५, शनिबार ००:००