१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहसँग सहकार्य गर्दै नास्ट



पुस १५, काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नाष्ट ले स्थानीय तहसँग सहकार्य बढाएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि नास्टले स्थानीय तहसँग नै सहकार्य बढाएको हो ।

यहाँबाट विकास भएको प्रविधि जनप्रतिनिधिले आफ्नो तहमा अपनाउने र स्थानीयवासीलाई हस्तान्तरण गर्ने भएकाले स्थानीय तहसँग सहकार्य बढाइएको प्रतिष्ठानका प्रविधि सङ्काय प्रमुख इञ्जिनीयर डा रवीन्द्रप्रसाद ढकालले बताए । नास्टले यहाँबाट विकास भएका प्रविधि स्थानीयवासीलाई स्थानीय तह हुँदै पु¥याउँछ । स्थानीय तहसँग अधिकार र बजेट दुवै भएकाले विकास भएका प्रविधि सहजै अपनाउन सक्छन् । उनले भने, “हामीले विभिन्न कार्यक्रममार्फत सहकार्य बढाइरहेका छौँ ।”

नास्टले पहिले यहाँबाट अध्ययन र अनुसन्धान गरेपछि स्थानीयस्तरमा हस्तान्तरण गर्छ । स्थानीयस्तरमा उपलब्ध हुने सामग्रीबाटै जीविकोपार्जन सहज हुने भए पनि स्थानीयवासीलाई यसको ज्ञान हुँदैन । धेरै स्थानीय तहमा प्रविधि हस्तान्तरण गर्दा त्यसलाई नौलो मानेर चासो देखाउँछन् । ती तहले चासो देखाए पनि शुरु गर्न हतार नगरेको उनको अनुभव छ । उनले भने, “फोहरको व्यवस्थापन, खरको घरमा आगो नलाग्ने प्रविधि वा विपतको पूर्वसूचना दिने प्रविधि स्थानीय तहले शुरु नगरे पनि चासो देखाएका छन् ।”

नास्टले स्थापनाकालदेखि नै विज्ञान र प्रविधिको क्षेत्रमा अध्ययन र अनुसन्धान गरेर सफल भएको प्रविधि स्थानीयवासीलाई हस्तान्तरण गर्दै आएको छ । रासस

प्रकाशित मिति : १५ पुस २०७५, आइतबार ००:००