१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपाका प्रदेश सदस्यहरू जुम्लाका गाउँमा पुगे



पुस १४, पुस । जुम्लाका सबै ठाउँमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटीका सदस्यहरू पुगेका छन् ।

स्थानीय तहदेखि जिल्लामा हुने पार्टी कमिटी र कार्यकर्ता तथा जनतासँगको सम्बन्ध नजिक बनाउन प्रदेश कमिटी पुगेका सदस्य पुगेका हुन् । जिल्लाबाट प्रदेश सदस्यमा रहेका ११ जना गाउँगाउँमा पुगेर पार्टी र सरकारले गरेका कामको जानकारी गराउनमा व्यस्त छन् ।

प्रदेश सदस्य सिञ्जा क्षेत्रको जिम्मेवारी सम्हालेका पूर्णप्रसाद धितालका अनुसार हाल सरकारले जनपक्षीय काम र जनताको अधिकारका लागि कानून ल्याएकाले सरकारप्रति कोही सशंकित नहुन आग्रह गरे ।

उनले ५ वर्षभित्र नेकपाले चुनावी घोषणपत्रअनुसार काम गर्नेमा ढुक्क हुन सबैलाई आग्रह गरेका छन् ।

अर्का नेता प्रदेश सदस्य टेकराज पछाईले प्रतिपक्षले ‘जे भन्यो त्यो सही नभएको’ उल्लेख गर्दै जनतालाई भ्रममा नपर्न अनुरोध गरेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताका लागि सकारात्मक काम गरिरहेको दाबी गरे । पछाई दुई सदस्य सहित अरु नेता आफ्नो कार्यक्षेत्रमा जनतासँग प्रत्यक्ष भेटघाटमा व्यस्त छन् । रासस

प्रकाशित मिति : १४ पुस २०७५, शनिबार ००:००