१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विराटनगर–रङ्गेली तथा विराटनगर–देवागञ्ज सडक कालेपत्रे शुरु



पुस १५, विराटनगर । मोरङ–सुनसरी जिल्लाका दक्षिणसीमावर्ती क्षेत्रका जनतालाई आवातजावतमा सहज हुने हुलाकी मार्गको कालोपत्र गर्ने कार्य शुरु भएको छ ।

पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रुपमा रहेको यस मार्गको मर्मतसम्भारका साथै व्यवस्थित बनाउन लागिएको छ । विराटनगरस्थित सडक डिभिजन कार्यालयले विराटनगर–रङ्गेली सडक तथा विराटनगर–देवागञ्ज सडकमा कालेपत्रे गर्ने काम शुरु गरिरहेको छ ।

विराटनगरबाट–रङ्गेली १२ किलोमिटर तथा विराटनगरबाट–सुनसरीको देवानगञ्ज १४ किलोमिटर सडकमा कालोपत्रे गर्ने काम भइरहेको सडक कार्यालय विराटनगरका डिभिजन प्रमुख शुभराज न्यौपानेले बताए ।

विराटनगर रङ्गेली सडकमा मर्मतसम्भारसँगै कालोपत्रे गर्ने कार्यको शुरु गरिएको प्रमुख न्यौपानेको जानकारी दिए । रङ्गेली–विराटनगर सडक यही हप्ताभित्र कार्य सम्पन्न गर्ने गरी काम भइरहेको छ भने देवानगञ्ज–विराटनगर सडक चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

विराटनगर रङ्गेली सडकको आद्यविक मर्मतका लागि दुई करोड ७४ लाख र विराटनगर–देवानगञ्ज सडकमा कालोपत्रे गर्न १२ करोड २८ लाखमा ठेक्का लागेको हो । मोरङ र सुनसरी जिल्ला जोड्ने पुरानो हुलाकी राजमार्गको रुपमा रहेको विराटनगर–देवानगञ्ज सडकको १४ किलोमिटर सडकमध्ये पाँच किलोमिटर सडकमा कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको छ ।

यसअघि ग्राबेल रहेको उक्त सडकमा कालोपत्रे गर्ने काम सुनसरीको देवानगञ्ज तर्फ भइरहेको छ । उक्त सडक मोरङको अस्थायी राजधानी विराटनगरबाट सोझै देवानगञ्ज जोडिने भएकाले आर्थिक दृष्टिकोणले सडक महत्वपूर्ण रहेको छ ।

ग्रामीण क्षेत्रका जनतालाई बाह्रैमहीना शहरमा आगामनका लागि जोड्न सडक विभागले निमार्णलाई महत्व दिर्दै आएको कार्यालय प्रमुख न्यौपानेले बताए । यहाँका किसानले उत्पादन गरेका हरियो तरकारी विराटनगरका व्यापारीलाई थोक तथा खुद्रामा बिक्री वितरण गर्ने गरिन्छ ।

देवानगञ्ज र कप्तानगञ्जमा उत्पादन हुने हरियो तरकारी दैनिक रुपमा विराटनगरको बजारमा खपत हुने गर्दछ । तरकारीको उत्पादन हुने मुख्य क्षेत्र रहेका यहाँका कृषकलाई सडक निर्माण भएपछि कृषि उत्पादन वस्तु बजारसम्म पु¥याउन सहज भएको छ । आर्थिक महत्व बोकेको दुबै सडक कालेपत्रे भएपछि यातायातको सहज पहुँचबाट यस क्षेत्रका जनताको आर्थिक समृद्धिमा सहयोग पुग्ने देखिन्छ । रासस

प्रकाशित मिति : १५ पुस २०७५, आइतबार ००:००