कात्तिक २, रामपुर पाल्पा । स्थानीयको श्रमदान र लगानीमा पाल्पाको माथागढी गाउँपालिका गोठादीमा विद्युत् सेवा विस्तार भएको छ । वर्षौंसम्म टुकीको भरमा जीवन गुजारा गरेका यहाँका स्थानीयवासीले आफ्नै श्रमदान र लगानीमा अहिले गाउँमा बिजुली बत्ती बाल्न सफल भएका छन् । सिंगो गाउँ नै झलमल्ल हुने गरी ३० किलोवाट क्षमताको लघु जलविद्युत् आयोजना सम्पन्न भएपछि…