२८ वैशाख, त्रिशूली– नुवाकोट । बर्खाका सयममा सबै सडकमा सहज रुपमा यातायात सञ्चालन गराउन स्थानीय प्रशासनले सरोकार भएका निकायलाई निर्देशन दिएको छ । नुवाकोटलाई राजधानी काठमाडौंसँग जोड्ने तीन नाकाका सडकमा अहिले स्तरोन्नतिको काम भइरहेको र सामान्य वर्षामा समेत सवारी चलाउन समस्या आउन थालेकाले आउँदो वर्षात्लाई ध्यानमा राखेर पूर्वतयारी गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको हो…