४ जेठ, वीरगञ्ज । पथलैयादेखि परवानीपुर हुँदै एकीकृत जाँच चौकी आइसिपी सम्म २७ किलोमिटर ६ लेनको व्यापारिक मार्ग निर्माणमा जितपुर बजार बाधक रहेको छ । व्यापारिक मार्ग विस्तार आयोजना वीरगञ्ज पथलैया कार्यालयका अनुसार सो सडक निर्माणको क्रम अगाडि बढिसके पनि जितपुर बजारवासीलाई सडक क्षेत्रमा पर्ने घर टहरा तथा भौतिक संरचनाहरु भत्काउन बारम्बार सूचना जारी गरे…