१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले उम्मेदवार राई चढेको गाडीमा बम प्रहार



२८ कात्तिक, भोजपुर ।
भोजपुर प्रदेश ख मा नेकपा एमाले बाट उम्मेदवार शेरधन राई चढेको गाडीमा बम प्रहार भएको छ । ट्याम्के मैयुङ गाउँपालिका ६ कोट गुम्बा नजिकै बा १५ च ५६० नं को जीपमा १०ः३० बजे बम प्रहार भएको हो । बम प्रहारबाट गाडीको अगाडि क्षति पुगेको छ भने राईको सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक डिल्ली देवकोटा सामान्य घाइते भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टिका कार्यकर्ताले बम प्रहार गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बम प्रहार गर्ने समूहको खोजी गरिरहेको प्रहरी निरीक्षक गीतनारायण चौधरीले जानकारी दिए ।

राईमाथिको आक्रमणको विरोध
नेकपा एमालेले आफ्ना भोजपुर ख मा प्रदेशसभा सदस्य उम्मेदवार पूर्वसूचना तथा सञ्चारमन्त्री शेरधन राईमाथि भएको आक्रमणको निन्दा गरेको छ ।

भोजपुर १ को ट्याम्के मैयुम नगरपालिका ७ गुम्बा भन्ने ठाउँमा निर्वाचन प्रचारका क्रममा राईको गाडीमाथि आक्रमण भएको थियो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको विज्ञप्तिमा निर्वाचन प्रचारका क्रममा रहेका उम्मेदवारमाथिको सो आक्रमण निर्वाचन भाँड्ने उद्देश्यबाट प्रेरित भएको आरोप लगाइएको छ ।

“पार्टीको मागका वावजुद संवेदनशील निर्वाचन क्षेत्रका उम्मेदवारलाई आवश्यक सुरक्षा उपलब्ध नगराउने तर सत्ताधारी दलका उम्मेदवार वरिपरि भने अनावश्यक सुरक्षाकर्मीको भीड जम्मा गर्ने, पूर्वदेखि पश्चिमसम्मका वामपक्षीय लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्को आक्रमणको घटना जारी रहने कुराप्रति सरकारको उदासीनताले हाम्रो पार्टीलाई आश्चर्यचकित बनाएको छ” ओलीको विज्ञप्तिमा भनिएको छ ।
रासस

प्रकाशित मिति : २८ कार्तिक २०७४, मंगलबार ००:००