१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतीय पक्षद्वारा सडक निर्माणमा अवरोध



२८ कात्तिक, कञ्चनपुर ।
कञ्चनपुरको उत्तरी क्षेत्र जोड्ने गड्डाचौकी–ब्रह्मदेव सडक निर्माणमा भारतीय पक्षले अवरोध पु¥याएको छ । नेपाल–भारत सीमा पिलर ८०९ (५ ‘ए’) नजिक निर्माण भइरहेको कालोपत्रे सडकमा ह्युमपाइपको विषयलाई लिएर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको हो ।

नेपाली भूमिमै निर्माण भइरहेको सडकमा भारतीय पक्षले आफ्नो क्षेत्रभित्र पर्ने भन्दै हतियारसहित आएका एसएसबीले निर्माण भइरहेको सडकमा पानी निकासका लागि हालेको ह्युम पाइप निकाल्नुपर्ने दबाब दिएपछि विवाद भएको छ ।

भारतीय पक्षको अवरोधका कारण सडक निर्माणको कार्य नै रोकिएको स्थानीयवासीले बताएका छन् । सडक निर्माणमा एसएसबीले अवरोध गरेपछि निर्माण काम रोकिएको बारे जानकारी प्राप्त भएको छ प्रमूख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने, “भारतीय पक्षसंग संयुक्त छलफल गरेर निर्माण कार्य अगाडि बढाइनेछ ।”

गत वर्ष फागुनमा कल्भर्टको विषयलाई लिएर भएको विवादमा भारतीय एसएसबीले चलाएको गोली लागेर कञ्चनपुरको पुनर्वास नगरपालिकामा एकजना नेपालीले ज्यान गुमाएका थिए ।
रासस

प्रकाशित मिति : २८ कार्तिक २०७४, मंगलबार ००:००