१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं. ३ लाई नमूना प्रदेश बनाउँछुः शाक्य



२६ कात्तिक, काठमाडौं । एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रदेश नं. ३ लाई नमुना रुपमा विकास गर्ने दाबी गरेकी छन् । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) ले आज आयोजना गरेको कार्यक्रममा उनले दीर्घकालीन योजना बनाएर समृद्ध र आत्मविश्वासी प्रदेशका रुपमा स्थापित गर्ने आफ्नो योजना रहेको बताइन् ।

एमालेको ३ नं प्रदेशको प्रमुखसमेत रहेकी शाक्यले वाम एकता हुनु राज्यको आवश्यकता रहेको बताईन् । साथै, निर्वाचन निष्पक्ष हुनुपर्ने आफ्नो पार्टीको मान्यता रहेको तर पछिल्लो समय निर्वाचनमा आर्थिक चलखेलसमेत हुने गरेकोप्रति दुःख व्यक्त गरिन् ।

तर पैसाको चलखेललाई जनताले अस्वीकार गर्ने विश्वास गरिन् । साथै उनले ३ नं. प्रदेशमा वामगठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरिन् । वाम गठबन्धलाई शाक्यलाई ३ नं. प्रदेशको सम्भावित मुख्यमन्त्रीको उम्मेदवारको रुपमा उभ्याउँदै आएको छ । रासस 

प्रकाशित मिति : २६ कार्तिक २०७४, आइतबार ००:००