१८ भाद्र २०८१, मंगलबार | Tue Sep 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ५ सरकारले प्रदेश विकास प्राधिकरण गठन गर्ने




बुटवल । प्रदेश नं ५ को सरकारले प्रदेशको समग्र पूर्वाधार विकासलाई प्रभावकारी बनाउन प्रदेश विकास प्राधिकरण गठन गर्ने भएको छ ।

प्रदेश सरकार मन्त्री परिषद्को आज मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बसेको बैठकले प्रदेश पूर्वाधार विकास स्थापना तथा सञ्चालन आदेश, २०७६ लाई स्वीकृत गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

मुख्यमन्त्रीको अध्यक्षतामा गठन हुने प्राधिकरणको सहअध्यक्षमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री, उपाध्यक्षमा प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री तथा सदस्यहरुमा प्रदेश सरकारका प्रमुख सचिवसहित विषयगत मन्त्रालयका सचिवसमेत रहने व्यवस्था गरिएको छ ।

यस्तै बैठकले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नति तथा पूर्वाधार विकासका लागि अस्पतालसँगै जोडिएको इलाका वन कार्यालयको स्वामित्वमा रहेको जग्गा अस्पतालको स्वामित्वमा हस्तान्तरणका लागि सङ्घीय सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको प्रवक्ता चौधरीले जानकारी दिए । उक्त जग्गाको क्षेत्रफल आठ हजार ५०५ दशमलव २८ वर्ग मिटर छ ।

बैठकले प्रदेश सरकारले सञ्चालन गर्ने बहुवर्षीय योजनाका लागि बहुवर्षीय योजना स्वीकृति तथा मापदण्ड, २०७६ समेत स्वीकृत गरेको छ । यस्तै स्थानीय तहले आफ्नो तहअन्तर्गत सञ्चालन हुने मनोरञ्जनका लागि मनोरञ्जन कर नियमावली, २०७६ समेत स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले बताए । यो नियमावली स्वीकृतसँगै अब स्थानीय तहलाई मनोरञ्जन कर उठाउने बाटो खुला भएको छ । रासस

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार ००:००