१७ कार्तिक २०८३, सोमबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली भुमि भारतको नक्सामा समावेश गरेकामा ध्यानाकर्षण

लेखक स्थानीय खबर/संवाददाता २५ कार्तिक २०७६, सोमबार १ मिनेट पढाइ


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भारतले आफ्नो नक्शामा दार्चुला जिल्लाको व्यास गाउँपालिकाको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतीय भूमिमा समावेश गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको आकस्मिक बैठकले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले यस विषयलाई लिएर प्रदेशमा राष्ट्र र राष्ट्रियताप्रति व्यापक जनचासो बढ्दै गएको अवस्थामा नेपालको संविधानबमोजिम अन्तर्राष्ट्रिय सीमासम्बन्धी विषय सङ्घीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने भएकाले यस सम्बन्धमा नेपाल सरकारबाट भइरहेको पहलप्रति धन्यबाद व्यक्त गरिएको जानकारी दिए ।

बैठकले भारतसँग दार्चुलालगायतका अन्य भूभागमा देखिएको अन्तरराष्ट्रिय सीमासम्बन्धी विवादलाई कूटनीतिक माध्यमबाट यथाशीघ्र समाधानका लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको मन्त्री शाहले बताए । व्यास गाउँपालिका २ को तुम्लिङदेखि टिङ्कर र साङ्ग्रु भन्ने गाउँसम्म नेपाली गाउँबस्ती भएर आवागमन गर्ने घोरेटो बाटो नेपाल सरकारको सहकार्यमा प्रदेश सरकारले निर्माण गर्ने र सुदूरपश्चिम प्रदेशको कालापानीसहित भारतसँग सीमा जोडिएको सिमाना र सीमा नाकामा आवश्यकताअनुसार प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि पनि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

पत्रकारहरुको प्रश्नमा मन्त्री शाहले चिकित्सा क्षेत्रको सुधारको माग गर्दै डडेलधुरामा अनशनरत प्राडा गोविन्द केसीका जायज मागप्रति सरकारको समर्थन रहेको बताए । उनले भने, ‘‘उहाँका जायज माग सम्बोधन गराउनका लागि नेपाल सरकारसंग समन्वय गरिएको छ ।” रासस

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।