८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाजवादी व्यवस्था लागु गर्न वामपन्थीको सरकारः ज्ञवाली



 

 

कात्तिक २५ काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले नेपालमा समाजवादी व्यवस्था लागु गर्न वामपन्थीको सत्ता अनिवार्य भएको बताएका छन् ।

वाम प्रगतिशील गठबन्धन काठमाडौं क्षेत्र नं ७ निर्वाचन परिचालन कमिटी कार्यक्रममा उनले कम्युनिष्टहरुले सत्ता सञ्चालन गर्न नसक्ने हो भने मुलुकमा दलाल पूँजीपति आउने दाबी गरे । यो निर्वाचन पूँजीपति वर्गले राज्य सञ्चालन गर्ने कि श्रमजीवी वर्गको हितमा काम गर्नेले भन्नेबीचको लडाइँ भएको बताए ।

“राष्ट्रवादी देशभक्त जति सबै एक भएर अधिनायकवादलाई परास्त गरे मात्रै देशले उन्नति गर्छ,” उनले भने, “प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा अन्य पार्टीसँग लडेर वाम प्रगतिशील समूहले अत्याधिक बहुमत ल्याएर शासन गर्नेछ । यसमा कसैले शंका नगरे हुन्छ ।”

कार्यक्रममा क्षेत्र नं ७ प्रत्यक्षतर्फका उम्मेदवार रामवीर मानन्धरले केही समयपछि वाम गठबन्धन विजयी भएर ऐतिहासिक सरकार गठन गर्ने र त्यसले ५ बर्षभित्र देशको मुहार फेर्ने जिकिर गरे । रासस

प्रकाशित मिति : २५ कार्तिक २०७४, शनिबार ००:००