११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इटहरीलाई प्रादेशिक राजधानी बनाउन स्थानीयबासीकाे माग



२५ कात्तिक, इटहरी । इटहरीलाई प्रदेश नं. एकको राजधानीको राजधानी बनाउन दबाब दिने उद्येश्यले शनिबार बृहद प्रदर्शन भएको छ । प्रदेशको राजधानीका लागी आवश्यक पूर्वाधार भएको र उपयुक्त स्थान भएको प्रदर्शनकारीहरूको दाबी छ ।

इटहरीदेखि करिब २० किलोमिटर क्षेत्रमा पर्ने पूर्वपश्चिम उत्तर र दक्षिणका भू–भागलाई समेटेर राजधानी बनाउन उपयुक्त हुने भन्दै यहाँका सम्पूर्ण राजनीतिक दल, व्यापारी ,बुद्धिजीवी ,सञ्चारकर्मी ,उद्योगी र सर्वसाधारणले ऐक्यबद्धता जनाउँदै प्रदर्शनमा सहभागिता जनाएका छन् ।

इटहरी उपमहानगरपालिकाबाट शुरू भएको ¥याली नगर परिक्रमापछि चोकमा आएर कोणसभा गरेको थियो । ¥यालीमा ठूला राजनीतिक दलका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारसमेतको सहभागिता थियो ।

कोणसभामा सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्यकी उम्मेदवार तथा एमालेकी नेतृ भगवती चौधरीले आफ्नो पार्टीले यसअघि नै इटहरीलाई राजधानीका बनाउनु पर्ने धारणा सार्वजनिक गरेको दाबी गरिन् ।

नेपाली कांग्रेसका क्षेत्र नम्बर २ को प्रदेशसभा (क) का उम्मेदवार हेमकर्ण पौडेल, एमालेका तर्फबाट प्रदेशसभाकै (क) क्षेत्रका उम्मेदवार तथा इटहरीका पूर्वप्रमुख सर्वध्वज सावाँ, क्षेत्र ३ क का उम्मेदवार लिलम बस्नेतलगायतले इटहरी राजधानीका लागी उपयुक्त र सबैलाई पायक पर्ने बताए । कोणसभामा मन्तव्य राख्ने राजनीतिक वक्ताहरूले राजधानी बनाउन पहल गर्ने दाबी गरेका छन् । रासस

प्रकाशित मिति : २५ कार्तिक २०७४, शनिबार ००:००