१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हवाई टिकट नपाउँदा हुम्लामा कर्मचारी पुग्न सकेनन्, विकास निर्माण अलपत्र



१८ कात्तिक, हुम्ला । दशैं, तिहार र छठ पर्वका बेला बिदामा गएका कर्मचारीले जिल्ला फर्कन हवाई टिकट पाएका छैनन् । एक मात्र यातायातको साधन हवाइमार्ग मात्र रहेको हुम्लाका कर्मचारी अहिले नेपालगन्ज र सुर्खेतमा अड्किएका छन् ।

जिल्ला हुलाक, जिल्ला स्वास्थ्य, जिल्ला प्राविधिक, जिल्ला आयर्वेदिक, जिल्ला सिँचाइ कार्यालय, सिमिकोट गाउँपालिका, कोष तथा लेखा नियन्त्रण कार्यालय लगायतका ३२ कर्मचारी दुई दिनदेखि सुर्खेत र नेपालगन्ज विमानस्थलमा अलपत्र परेका हुन् । अहिलेसम्म पनि विकास निर्माणकाे काम हुन सकेकाे छैन । अब हिउँद शुरू हुन लागेकाे कारण विकास निर्माण थप अलपत्र पर्नेछ ।

यही कात्तिक १६ गते केही कर्मचारीले तारा एयरको विमान चार्टर गरी जिल्ला आए पनि अन्य कर्मचारी भने सुर्खेत तथा नेपालगन्जमै रहेको कर्मचारीले बताएका छन् । रासस

प्रकाशित मिति : १८ कार्तिक २०७४, शनिबार ००:००