६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले भन्याे– स्थानीय तहले पर्यटन शुल्क उठाउन मिल्दैन 



स्थानीय खबर संवाददाता 

सरकारले गाउँपालिका र नगरपालिकाले पर्यटन शुल्क उठाउन नमिल्ने स्पष्ट पारेको छ । पर्यटकीय क्षेत्रका केही गाउँपालिका र नगरपालिकाले स्थानीय कर भन्दै पर्यटकहरूसँग कर असुल्न थाले पछि व्यवसायीहरू रुष्ट बनेको थिए ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका, भक्तपुरको चाँगुनारायण नगरपालिकालगायतका केही स्थानीय तहले पर्यटकबाट कर असुल्न थालेका थिए । ट्रेकिङ तथा पर्वतारोहणसँग सम्बन्धित व्यवसायीहरूले बिरोध गर्दै आएक छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गरेर उठाउन नमिल्ने बताएको छ ।

स्थानीय तह संञ्चालन ऐन, २०७४ मा ‘पदयात्रा तथा पर्यटन शुल्कको दर प्रदेशले तोक्ने र संकलन गर्ने’ व्यवस्था भएकाले स्थानीय तहले संकलन गर्न नमिल्ने बताएको छ । साथै अन्तरसरकारी वित्त व्यवस्थापन ऐन– २०७४ ले पनि पनि भौगोलिक सीमाभित्र प्रवेश गरेकै भरमा कर संकलन गर्न नमिल्ने व्यवस्था गरेको मन्त्रालयको जिकीर छ ।

स्थानीय तहले उद्यान, पार्क, चिडिायखाना, पुरातात्विक मठमन्दिर तथा दरबार भ्रमण गर्न आउने पर्यटकसँग मात्रै शुल्क असुल्न पाइने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७४, बुधबार ००:००