१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाम गठबन्धनद्वारा इलाममा निर्वाचन गतिविधि तीव्र



१३ कात्तिक इलाम । वाम गठवन्धन इलामले मंसिर २१ गते हुने निर्वाचनका लागि ११ सदस्यीय संयुक्त निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिमा एमालेबाट रामबहादुर राना, भक्त केसी, महेश बस्नेत, गणेश बराल, नवराज शंकर, चित्रकला बराइली तथा माओवादी केन्द्रकाकान्छा लावती, सिन्धु राई, राज राई, तेजबहादु राई र अनिल बराइली छन् ।

समितिले कात्तिक १३ गतेदेखि निर्वाचन लक्षित कार्यक्रमहरू तय गरेको छ । गठबन्धनले आगामी कात्तिक १३ गते क्षेत्र नं १ को फिक्कल तथा क्षेत्र नं २ को मङ्गलबारेमा निर्वाचन क्षेत्रस्तरीय भेला आयोजना गरी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय निर्वाचन परिचालन कमिटीहरू गठन गर्ने जनाएको छ ।

कात्तिक १५ गते मोर्चा, संगठनको संयुक्त बैठक बसाइसक्न जनसंगठनलाई निर्देशन दिइएको छ । सोही दिन नै जिल्ला समन्वय समितिको सभाकक्षमा वाम गठबन्धनका तर्फबाट इलाम जिल्लाका उम्मेदवारको संयुक्त पत्रकार सम्मेलन गरिने बताइएको छ ।

कात्तिक १६ गते विशाल जनसमुदायको उपस्थितिमा वाम गठबन्धनका सम्पूर्ण उम्मेदवारको मनोनयन दर्ता गरिने भएको छ । त्यसैगरी, सोही दिन अपराह्न २ बजे सदरमुकामस्थित गौतमबुद्ध सभागृहमा केन्द्रीय नेताले सम्बोधन गरी संयुक्त जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरिने भएको छ ।

कात्तिक १७ गते जिल्लास्तरीय कार्यदलको समीक्षा बैठक बस्नेछ । कात्तिक १८ गते देउमाई नगरपालिका, सन्दकपुर, रोङ र चुलाचुली गाउँपालिका, कात्तिक १९ गते इलाम, माई नगरपालिका, माईजोगमाई र माङसेवुङ गाउँपालिका तथा कात्तिक २० गते सूर्योदय नगरपालिका र फाकफोकथुम गाउँपालिकामा संयुक्त कार्यकर्ता भेला गरिने परिचालन समितिका सदस्य महेश बस्नेतले बताए ।

निर्वाचनको तयारी सुरु

मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय, इलामले तयारी थालेको छ । निर्वाचन आयोगबाट प्राप्त निर्देशनअनुसार कार्यालयल तयारी युद्धस्तरमा थालेको छ । अभिमुखीकरण, निर्वाचन शिक्षा कार्यकर्ता छनोट र जनशक्ति विवरण संकलनको काम धमाधम भइरहेको कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयले मतदानस्थल र मतदान केन्द्र निर्धारण गरि जिल्लाका १० वटै स्थानीय तहका कार्यकारी अधिकृतलाई निर्वाचन शिक्षासम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ । जिल्लामा १ सय ४४ मतदानस्थल र २ सय ६६ मतदान केन्द्र कायम भएका छन् ।

त्यस्तै, कार्यालयले निर्वाचन शिक्षा कार्यकर्ताको छनोट शुरु गरेको छ । मतदान प्रक्रियाका बारेमा प्रत्येक मतदातालाई शिक्षित बनाउन निर्वाचन शिक्षा कार्यकर्ताका रुपमा सामाजिक परिचालक र बाल शिक्षाका सहयोगी कार्यकर्तालाई परिचालन गरिने निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णकुमार लिम्बूले जानकारी दिइन् । सबै मतदान केन्द्रमा एकजना निर्वाचन शिक्षा कार्यकर्ता पर्ने गरी २ सय ६६ निर्वाचन शिक्षा कार्यकर्तालाई परिचालन गर्न लागिएको छ । रसस

प्रकाशित मिति : १३ कार्तिक २०७४, सोमबार ००:००