१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्वतमा १३९ मतदान केन्द्र निर्धारण




फलेवास
— पर्वत, १३ कात्तिक । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि पर्वतमा ७४ वटा मतदानस्थल निर्धारण गरिएको छ ।

गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको चुनावमा निर्धारण गरिएका मतदान स्थललाई नै आधार बनाएर निर्धारण गरिएको हो । मतदानस्थल ७४ रहे पनि मतदान केन्द्र भने १३९ निर्धारण गरिएको जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माले जानकारी दिए ।

“स्थानीय तहको निर्वाचनमा भन्दा यसपटक मतदाताको संख्या बढेका कारण मतदान केन्द्र बढाउनु परेको हो” उनले भने । आठ हजार ५७ मतदाता थपिएका छन् । जिल्लामा ५५ हजार ४८६ महिला र ५१ हजार ८१४ पुरुष गरी एक लाख सात हजार ३०० मतदाता रहेका छन् ।

क्षेत्र नं १ मा ३० हजार ४०० महिला र २८ हजार ४२९ पुरुष गरी ५८ हजार ८२१ जना मतदाता रहेका छन् । क्षेत्र नं २ मा २५ हजार ८६ महिला र २३ हजार ३९३ पुरुष गरी ४८ हजार ४७९ मतदाता रहेका छन् ।
रासस

प्रकाशित मिति : १३ कार्तिक २०७४, सोमबार ००:००